• २०८१ बैशाख १७ सोमबार

सत्यमोहन जोशीका नाममा सडक र पार्क

kharibot

ललितपुर ।  ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा उहाँको नाममा पार्क निर्माण र कुनै एक सडकको नाम ‘सत्यमोहन जोशी मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ । 

संस्कृतिविद् जोशीको शत्वार्षिकी मनाउन महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको अध्यक्षतामा बसेको समितिले हुलाक टिकट र स्वर्ण मुद्रा छपाइका लागि नेपाल राष्ट्र बैंकसँग कुराकानी गर्ने योजना बनाएको छ । 

महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले कुनै पनि क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई जीवित छँदै सम्मान गर्दा व्यक्ति स्वयम्ले महसुस गर्न पाउने बताए । जोशीले महानगर मात्रै नभएर देशको कला र संस्कृतिको संरक्षणमा पुर्याएको योगदान अतुलनीय रहेको उनले औँलाए । उनले भने, “यो उमेरसम्म पनि उहाँले निरन्तर देश र देशवासीका लागि गर्नुभएको योगदानको हामीले सम्मान गर्नैपर्छ ।” महानगरपालिकाका उपप्रमुख गीता सत्यालले जोशी जस्ता विशिष्ट व्यक्तिलाई सम्मान गर्न पाउनु महानगरपालिकाका लागि गर्वको विषय भएको बताए । जोशीले मूर्त र अमूर्त संस्कृतिको संरक्षणमा पुर्याउनुभएको योगदानको उनले चर्चा गरे । 

संस्कृतिविद् जोशीको आगामी वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै छन् । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले शताब्दी पुरुष जोशीको शत्वार्षिकी मनाउन १११ सदस्यीय समिति गठन गरेको थियो । महानगरले संस्कृतिविद् जोशीको सयौँं जन्मोत्सवलाई वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेको छ ।

महानगरपालिकाले गत वर्ष उनलाई सवारीसाधन, मोबाइल फोन, सुरक्षा गार्ड लगायतको सेवा उपलब्ध गराएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै