मेलवर्न स्टार्स सेमिफाइनलमा, सन्दीपको उत्कृष्ट प्रदर्शन 

खरीबोट

काठमाडौँ । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा पुगेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै प्रतियोगितको सेमिफाइनलमा पुगेको हो ।

मेलवर्नले दिएको १६९ रन पछाएको सिड्नी १३.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको थियो ।

सिड्नीका लागि डेनियल ह्युजले १२ र टम कुरानले १० रन बनाएका थिए । अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा ११ रन दिएर ३ विकेट लिएका थिए । सन्दीपले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले एक रनआउट गरे भने एक क्याच समेत लिएका थिए । सन्दीपले यो सँगै बिग बास लिगमा ६ खेलमा ११ विकेट लिएका छन् । 

मेलवर्नका लागि एडम जाम्पा र डेनियल वेओरेलले २-२ विकेट लिएका थिए भने कप्तान ग्यालेन म्याक्सवेल र ज्याक्सन बर्डले एक विकेट लिएका थिए ।     

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्नले कप्तान ग्यालेन म्याक्स वेलको तुफानी ८२ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको छ ।

कप्तान म्याक्स वेलले ४३ बलमा ८२ रन अविजित बनाउदै सिड्नीलाई राम्रो लक्ष्य दिन सफल भएका थिए । त्यस्तै मेलवर्नका मार्कोस स्टोइनिसले ३४ रन बनाए भने ह्यान्ड्सकबले ३५ रन बनाएका थिए ।

सिड्नीका टम कुरानले २ विकेट लिए । 

मेलवर्न १४ खेलमा ७ खेलमा जित र ७ मा हार बेहोर्दै १४ अंक बटुलेर लिगको चौथो स्थानमा रहदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिग बासको सेमिफाइनल अब मेलवर्नले होबर्ट हुरिक्यानसँग फेब्रुअरी १४ मा खेल्ने छ भने दोस्रो सेमिफाइनल सिडनी सिक्सर्स र मेलवर्न रेनेगेडजबीच हुने छ ।

सम्बन्धित समाचार

मेलवर्न स्टार्स फाइनलमा पराजित, रेनेगडेसले जित्यो बिग बास लिग

काठमाडौँ । बिग बास लिगको उपाधि मेलवर्न रेनेगडेसले जितेको छ । आज भएको फाइनल खेलमा रेनेगडेसले दिएको १४६ रनको लक्ष्य पछाएको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउदै १३२ रन मात्र

मेलवर्न स्टार्सले पायो १४६ रनको लक्ष्य 

काठमाडौँ । बिग बास लिगको फाइनलमा मेलवर्न स्टार्सले १४६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्न रेनेगडेसले २० ओभरमा ५ विकेट गुमाउदै १४५ रन बनाएको थियो

 बिग बासको फाइनलमा सन्दीपको किफायती बलिङ 

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको फाइनलमा विकेट नलिए पनि किफायती बलिङ गरेका छन् । सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै केवल १६ रन दिएका छन् ।

बिग बासको फाइनल खेल्दै सन्दीप, मेलवर्नले पहिला बलिङ गर्दै  

काठमाडौं । बिग बास लिगको फाइनलमा मेलवर्नका दुई क्लब मेलवर्न स्टार्स र मेलवर्न रेनेगडेस आज उपाधिका लागि खेल्दै छन् । सन्दीप मेलवर्नको फाइनलको खेलको लागि प्लेइङ ११ मा रहेका छन् ।


z