अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

खरीबोट

काबुल (अफगानिस्तान) । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् ।

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गर्नु भएको थियो ।

त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’ अध्यक्ष पनि भएका थिए । सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका थिए ।

पूर्व राष्ट्रपति मुजाद्धिद अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

अफगानिस्तानमा एक्काइस तालिबान मारिए, २१ गाउँ फिर्ता

अफगानिस्तान । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा

उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

काबुल । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।  अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको

अफगानिस्तानमा बेबारिसे बम विस्फोटमा परी सात बालबालिकाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।     यस विस्फोटबाट अरु धेरै व्यक्ति

अफगानिस्तानमा बम विस्फोट, अमेरिकीसहित पाँचजनाको मृत्यु 

अफगानिस्तान । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी


z