• २०८१ बैशाख १५ शनिबार

रोमाको जितमा १९ बर्षिय निकोलोले गरे दुई गोल 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा इटालियन क्लब रोमाले पोर्चुगिच क्लब पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमाको जितमा इटालियन युवा खेलाडी निकोलो जानिओलोले २ गोल गरेका छन् । इटालियन अन्डर २१ टिमका १९ बर्षिय खेलाडी निकोलोले खेलको ७० र ७६औ मिनेटमा दुई गोल गर्दै रोमालाई पहिलो लिगमा जित दिलाएका हुन् ।

पोर्टोका लागि आड्रीयनले एक फोल फर्काएका थिए ।

रोमा र पोर्टोबीचको दोस्रो लिग मार्च ६ मा हुने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै