• २०८१ बैशाख १७ सोमबार

नेकपाले जनयुद्ध दिवसको कार्यक्रम गर्दै, प्रधानमन्त्री ओली सहभागी नहुने 

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज  जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा श्रद्धाञ्जली कार्यक्रम गर्दै छ । 

नेकपाले पार्टी कार्यालय धुम्बराईमा गर्न लागेको श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने भएका छन् ।   नेकपा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम हुने जानकारी दिए । 

जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए । 

यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाउँदैछन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ । 

यसैगरी गोपाल किराँतीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ । तर डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै