• २०८१ बैशाख १६ आइतबार

जनयुद्ध दिवसको कार्यक्रममा प्रधानमन्त्रीसहित तत्कालिन एमालेका शिर्ष नेता अनुपस्थित 

kharibot

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपाले देशभर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा बुधबार विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ ।  

जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

पार्टी एकतापछि नेकपाले पहिलोपटक जनयुद्ध दिवस मनाएको हो । धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका र जनआन्दोलनका सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले नेकपाले जनयुद्ध दिवस मनाइरहँदा हिजो अलग अलग रहेको नेता र जनतालाई सैद्धान्तिक, वैचारिक र भावनात्मक रुपमा एक बनाउने ऐतिहासिक सन्देश प्रवाह भएको बताए । 

कार्यक्रममा तत्कालिन एमालेका केही नेताहरु सहभागी कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिबारे प्रचण्डले भने ‘पार्टी अध्यक्ष तथा कमरेड केपी शर्मा ओली पनि आउने कुरा थियो । तर गर्नै पर्ने केही कामको असाध्यै धेरै चापले गर्दा प्रधानमन्त्री यहाँ उपस्थित नभएपनि यो निर्णय हामी दुवै जनाको सहमतिमा भएको हो ।’

प्रचण्डले यो जनयुद्ध दिवसले आफूहरु भित्र नयाँ एकताको आधार बनाएको दावी पनि गरे । उनले पार्टी एकता र जनसंगठनहरुको एकतामा भएको ढिलाईप्रति उब्जिएको चिन्तालाई पनि यसले सकारात्मक सन्देश दिएको उनले बताए । 

कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत उपस्थित थिए भने महासचिव पौडेलबाहेक पूर्व एमालेका सचिवालयका अन्य नेता पनि कार्यक्रमस्थलमा सहभागी थिएनन् । त्यस्तै नेकपाका नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम भने कार्यक्रममा उपस्थित थिएनन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय