• २०८१ बैशाख १५ शनिबार

 बिग बासको फाइनलमा सन्दीपको किफायती बलिङ 

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको फाइनलमा विकेट नलिए पनि किफायती बलिङ गरेका छन् ।

सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै केवल १६ रन दिएका छन् । सन्दीपले प्रतियोगितामा कुल ११ विकेट लिए । सन्दीपले बिग बास लिगका ९ खेल खेल्दै ११ विकेट लिएका हुन् ।   

सन्दीपले अहिलेसम्म विश्वका धेरै फ़्रेन्चाइज टी-२० लिग खेलेपनि सन्दीप लामिछाने पहिलो पटक कुनै फाइनलमा खेलेका हुन् । 

सन्दीप खेलेका टीम आइपिएलको तत्कालिन दिल्ली डेयर डेभिल्स, ग्लोबल टी-२०को मोन्टरियल टाइगर्स, क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एंड नेभिस प्याट्रोयट्स, अफगानिस्तान प्रिमियर लिगको टिम नन्गारहर लियोपार्ड, बंगलादेश प्रिमियर लिगको टिम सिलहेट सिक्सर्स जस्ता टिम प्रतियोगिताको फाइनलमा पुग्न असफल भएका थिए । 

नेपालमा भएको एभरेष्ट प्रिमियर लिगमा सन्दीपको टिम ललितपुर प्याट्रोयट्सले उपाधि जितेपनि सन्दीप यस टिमका सुरुका दुई खेल मात्र खेलेर अस्ट्रेलिया गएका थिए ।

यसरी हेर्दा सन्दीप पहिलो पटक अस्ट्रेलियाको टी-२० लिग र विश्व कै ठुलो टी-२० लिग मध्यको एक बिग बास लिगमा पहिलो पटक मै फाइनल खेलेका हुन् ।   

मेलवर्न रेनेगडेसले अहिले ब्याटिंग गरिरहेको छ । 

सन्दीप आजको खेलपछि युएईमा जारी पाकिस्तान सुपर लिगमा भाग लिन युएई आउदै छन् । 

पाकिस्तान सुपर लिगमा सन्दीप लाहोर कन्दाहारबाट खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय