• २०८१ बैशाख १७ सोमबार

रुपन्देहीलाई एक रनले पराजित गर्दै महेन्द्रनगर दोस्रो क्वालिफायरमा 

kharibot

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

आज भएको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई एक रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्य पछाएको रुपन्देहीले २० ओभरमा ९ विकेट गुमाउदै ११४ रन मात्र बनाएको थियो ।

रुपन्देहीका लागि बबर ह्यातले २८, प्रदीप ऐरीले २८, बिनोद भण्डारीले २३, सन्दीप सुनारले १४ तथा समित महर्जनले १० रन बनाएका थिए ।

महेन्द्रनगरका बलर अनिनाश बोहोराले अन्तिम ओभरमा रुपन्देहीले ३ विकेट गुमाएको थियो । अविनाशले २ विकेट लिए भने मोहमद नाभीद, सिद्धान्त लोहोनी, सागर ढकाल एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो । महेन्द्रनगरका लागि कप्तान शरद भेस्वाकरले सर्वाधिक २९ रन बनाएका थिए । त्यस्तै सुब्रमन्यम आनन्दले २०, अमर रौतेलाले १९ रन र अविनाश बोहोराले ११ रन बनाएका थिए । 

रुपन्देहीक बलर ललित भण्डारीले ४ विकेट लिएका थिए । ललितले ४ ओभरमा २८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै पुनिश मेहराले ३ विकेट लिए भने बसन्त रेग्मीले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा २ मेडनसहित केबल ७ रन दिएर २ विकेट लिएका थिए ।

अब महेन्द्रनगरले दोस्रो क्वालिफायरमा काठमाडौँ गोल्डेन्ससँग शुक्रबार खेल्ने छ भने रुपन्देही च्यालेन्जर्स प्रतियोगिताबाट बाहिरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै