विवेकशील नेपाली दलद्वारा बम विस्फोटको घटनाको भर्त्संना 

खरीबोट

विस्फोटको घटनामा घाइते मेडीसिटी अस्पतालमा l

काठमाडौँ l शुक्रबार साँझदेखि काठमाडौँ लगायत देशका कतिपय स्थानमा भएका बम विस्फोट लगायतका हिंसात्मक घटनाहरूप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विवेकशील नेपाली दलले विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ l 

ललितपुरको नख्खुस्थित एनसेलको गेटमा भएको विस्फोटमा परि उपचारको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उचित क्षतिपूर्ति र अन्य घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत विवेकशील नेपाली सरकारसँग आग्रह गरेको छ ।

विवेकशील नेपाली दलले भनेको छ, ‘बम विस्फोटको लागि जिम्मेवार पक्षले एनसेल कम्पनीसँग चन्दा मागेको र समयमा नै चन्दा रकम नपाएको कारण विस्फोट गराएको भन्ने समाचारहरू आएका छन् l यदि यो समाचारमा सत्यता छ भने आफूलाई राजनीतिक शक्ति ठान्ने जो कोहिले जवर्जस्ती चन्दा असुली गर्नु र आफ्नो माग पुरा नभए बम विस्फोट जस्तो हिंसात्मक गतिविधिमा उत्रनु निन्दनीय छ l’ 

विवेकशीलले आफ्ना मागहरू शान्तिपूर्ण तवरबाट अघि सार्न हामी सम्बन्धित सबैलाई आग्रह गरेको छ l

यस्ता घटनाहरूले त्रासको वातावरण सिर्जना गर्ने र लगानीकर्ताको लगानीको सुरक्षामा समेत शङ्का पैदा गर्ने हुँदा, सरकार र सरोकारवालाहरू अत्यन्तै गम्भीर हुन जरुरी रहेको भन्दै  शान्ति सुरक्षाको व्यवस्था मिलाउन तथा घटना नदोहोरिने प्रत्याभूति दिलाउन राज्यका सम्बन्धित निकायहरूलाई कार्यकुशलताका साथ कानुनको परिधिभित्र रही परिचालन गर्न पनि आग्रह गरेको छ ।

साथै विवेकशीलले  एनसेल कर प्रकरणमा सम्मानित सर्वोच्च अदालतको पछिल्लो फैशलालाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार मागगर्दै कर प्रकरणलाई लम्ब्याउने खेलमा संग्लनहरुको पहिचान गरी तिनीहरूमाथि हदैसम्मको कारबाहीको माग गरेको छ l
 

सम्बन्धित समाचार

अफगानिस्तानमा बेबारिसे बम विस्फोटमा परी सात बालबालिकाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।     यस विस्फोटबाट अरु धेरै व्यक्ति

पाकिस्तानको क्वेटामा विस्फोट, १६ जनाको मृत्यु 

क्वेटा ।  पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।  बलुचिस्तानका प्रान्तीय प्रहरी

अफगानिस्तानमा बम विस्फोट, अमेरिकीसहित पाँचजनाको मृत्यु 

अफगानिस्तान । पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

चीन । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा


z