• २०८१ बैशाख १४ शुक्रबार

टेस्ट क्रिकेटमा न्युजिल्याण्डको नयाँ रेकर्ड  

kharibot

काठमाडौँ । न्युजिल्याण्डले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएको छ ।

पहिलो पारीमा न्युजिल्याण्डले ७१५ रन बनाएर इनिंग घोषणा गर्दै रेकर्ड बनाएको हो । बंगलादेश पहिलो इनिंगमा २३४ रनमा अलआउट भए पछि ब्याटिंग गरेको न्युजिल्यान्डले तेस्रो दिन ६ विकेट गुमाएर ७१५ रन बनाएपछि पारी घोषणा गरेको थियो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले अविजित २ सय रन बनाउदै आफ्नो क्यारियरको दोस्रो दोहोरो शतक बनाएका थिए । त्यस्तै टम लाथमले १६१ रन बनाए भने जीत राभालले १३२ रन बनाएका थिए । 

तेस्रो दिनको खेल सकिद बंगालदेशले ४ विकेट गुमाएर १७४ रन बनाएको छ भने बंगलादेश अझै ३०७ रनले पछाडी रहेको छ ।

न्युजिल्याण्डले आफ्नो टेस्ट क्रिकेटको इतिहासमा एक पारीमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । न्युजिल्याण्डले सन् २०१४ मा पाकिस्तानविरुद्ध एक पारीमा ६९० रन बनाएको थियो भने २०१४ मै भारतविरुद्ध ६८० रन बनाएको थियो । त्यस्तै १९९१ मा श्रीलंकाविरुद्ध ६७१ रन बनाएको थियो भने २००३ मा भारतविरुद्ध ६३० रन बनाएको थियो ।  

सबै देशको आँकडा हेर्दा भने न्युजिल्याण्डले बनाएको यो रन टेस्ट क्रिकेटमा एक इनिंगमा बनेको १७औ धेरै रन हो । टेस्ट क्रिकेटमा अहिलेसम्म एक इनिंगमा धेरै रन बनाउने रेकर्ड श्रीलंकाको नाममा रहेको छ । श्रीलंकाले सन् १९९७ मा भारतविरुद्ध एक इनिंगमा ९५२ रन बनाएर इनिंग घोषणा गरेको थियो ।

त्यस्तै १९३८ मा इङल्याण्डले अस्ट्रेलियाविरुद्ध ९०३ रन बनाएको थियो भने सन् १९३० मा इङल्याण्डले वेस्टइन्डिजविरुद्ध ८४९ रन बनाएको थियो ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै