• २०८१ बैशाख १८ मंगलबार

डिभीलियर्स बिना लाहोर पराजित, सन्दीप विकेट विहिन

kharibot

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स पराजित भएको छ ।

मंगलबार भएको खेलमा लाहोर पेशावर जालमीसँग ४ विकेटले पराजित भएको हो ।

लाहोरले दिएको १२५ रनको लक्ष्य पछाएको पेशावरले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपाली युवा बलर सन्दीप लामिछानेले भने यस खेलमा कुनै विकेट लिन सकेनन् । सन्दीपले केबल २.१ ओभर बलिङ गर्दै २१ रन दिएका थिए । सन्दीपले पहिलो ओभरमा केबल ३ रन दिएपनि दोस्रो ओभरमा १८ रन दिएपछि उनलाई अन्य ओभर बलिङ गर्न दिईएन ।

सन्दीपले यसअघि खेलेका ४ खेलमा कुल १० विकेट लिएका छन् ।

यो हा पछि लागो प्रतियोगितामा ८ खेलमा ५ खेलमा पराजित भएको छ भने केबल ३ खेलमा जित हासिल गरेको छ ।

पेशावरले भने ९ खेलमा ६ खेलमा जित हासिल गर्दै १२ अंक बटुलेको छ ।

लाहोरका प्रमुख खेलाडी एबी डिभीलियर्स नहुदा लाहोरको ब्याटिंगमा असर पुगेको देखिएको छ । डिभीलियर्स इन्जुरीका कारण पिएसएल छोडेर घर फर्किएका छन् ।

लाहोरले अब अर्को खेल मार्च ९ मा पाकिस्तानमा खेल्ने छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै