• २०८१ बैशाख २५ मंगलबार

काठमाडौं युनिभर्सिटीमा इन्भेस्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर

kharibot

ललितपुर । नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी, स्कुल अफ एडुकेशन एण्ड स्कुल अफ आर्टमा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।

काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, केयु स्कुल अफ एडुकेशनका डिन प्राडा महेशनाथ पराजुली तथा स्कुल अफ आर्ट्सका डिन प्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

काउन्टरले केयु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । एडुकेशन र आर्ट्स विषयमा पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसँगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । 

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखा रहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा पिओएस मेसिनबाट सेवा दिइरहेको छ । 

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको एनआईबिएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमोनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट  युरोमोनी  अवार्ड फर एक्सलेन्स बेस्ट बैंक २०१८ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए बाट ए प्लस ल्याई स्त्तरोनन्ति गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै