• २०८१ बैशाख २५ मंगलबार

इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स प्राप्तीपछि संयुक्त कारोबार सुरु

kharibot

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ ।

यस प्राप्तिपश्चात बैंकको चुक्ता पुँजी वृद्धि भइ १२ अर्ब ८९ करोड पुगेको छ । जुन निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सर्वाधिक हो । हाल बैंकको कुल निक्षेप १ सय ४७ अर्ब र कुल कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुगेको छ ।

राजधानीको प्युखा, न्युरोडमा नवस्थापित ८१औं शाखाको शुभारम्भ गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन  (प्राप्ति)लाई आफ्नो रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत दिए ।

एनआईबीएलको देशभरिमा ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू छन् ।

एनआईबीएल बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाउने नेपालको एकमात्र बैंक हो । यस बैंकले बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ तथा इक्रा नेपालद्वारा ‘ए प्लस’ साख निर्धारण (क्रेडिट रेटिङ) पाइसकेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै