• २०८१ बैशाख १५ शनिबार

एनआइबिएल र साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन जलविद्मुतसँग सम्झौता

kharibot

काठमाडौं । एनआइबिएल र यसका साझेदार बैंकहरुबिच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा सिन्डिकेट फेसिलिटीजको सम्झौता भएको छ । 

उक्त जलविद्मुत आयोजना चाइना हर्बार इन्जिनियरीङ कम्पनीद्घारा प्रवर्धित कम्पनी सालासुंगी पावर लिमिटेले निर्माण गर्नेछ । आज भएको सम्झौता समारोहमा एनआइबीएलका साथमा कुमारी बैंक लि. र सिटिजन बैंक लि.ले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो आयोजना रन अफ द रिभरमा आधारीत आयोजना हो जुन रसुवा जिल्लाको सान्जेन खोलामा निर्माण हुनेछ । उक्त सान्जेन खोला आयोजनाको डिजाइन चार्ज ९.१० क्यूमेक प्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहने छ । यो आयोजनाको कुल लागत रु. १३.२ अर्ब  र सोमा ७०:३० को डेब्ट इक्विटी रेसियो रहने छ । उक्त आयोजनामा ९२ प्रतिशत इक्विटी चाइना हार्बर इन्जिनियरिंग कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहने छ ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ द इयर पाँच पटक प्राप्त गरिसकेको एनआइबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेको अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गत वर्ष युरोमनी अवार्ड फर एक्सलेन्स बेस्ट बैंक २०१८ अवार्ड प्राप्त गर्न सफल भएको थियो र इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ए प्लसस्त्तर हासिल गरेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै