• २०८१ बैशाख १७ सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा राजविराजमा

kharibot

राजविराज । एनआईसी एशिया बैंकले राजविराज नगरपालिका वडा नं ८, सप्तरीस्थित राजविराज शाखाको समुद्घाटन गरेको छ ।

बैंकको शाखाको राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले समुद्घाटन गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुक कै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै