• २०८१ बैशाख १४ शुक्रबार

भारतमाथि अस्ट्रेलियाको ठुलो जित, सिरिज बराबरी गर्यो  

kharibot

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको चौथो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।

भारतले दिएको ३५९ रनको लक्ष्य अस्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकबले ११७ रन बनाएका थिए भने उसमान ख्वाजाले ९१ रन बनाए । त्यस्तै अष्टन टर्नरले ४३ बलमा ८४ रन अविजित बनाएका थिए ।
भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै ३५८ रन बनाएको थियो ।

भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक १४३ रन बनाएका थिए । धवनले ११५ बल खेल्दै १८ चौका र ३ छक्काको मद्धतले १४३ रन बनाएका थिए । धवनको एकदिवसीय क्रिकेटमा यो सोर्हौ शतक हो ।

त्यस्तै रोहित शर्मा ९५ रन बनाएर आउट भएका थिए । त्यस्तै ऋषव पन्तले ३६, विजय शंकर र केएल राहुलले २६-२६ रन बनाएका थिए ।

अस्ट्रेलियाका पिट कमिन्सले ५ विकेट लिए । कमिन्सले १० ओभरमा ७० रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै झय रिचार्ड्सनले ३ विकेट लिए भने एडम जाम्पाले एक विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियाले ५ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम एवं निर्णायक खेल १३ मार्चमा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै