• २०८१ बैशाख १६ आइतबार

रोमान्चक खेलमा अस्ट्रेलियामाथि भारतको ८ रनको जित 

kharibot

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा रोमान्चक जित हासिल गरेको छ । 

गएराती सम्पन्न खेलमा भारतले अष्ट्रेलियामाथि ८ रनको जित हासिल गरेको हो ।

भारतले दिएको २५१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.३ ओभरमा २४२ रन बनाउदा अलआउट भएपछि भारतले ८ रनले खेल जितेको हो । अन्तिम ओभरमा २ विकेट बाँकि रहेको अवस्थामा जितका लागि ११ रन बनाउनु पर्नेमा अस्ट्रेलियाका दुवै विकेट विजय शंकरले तीन बलमा लिएपछि अस्ट्रेलिया अल आउट भएको थियो ।

अस्ट्रेलियाका लागि मार्कोस स्टोइनिशले ५२ रन बनाए भने ह्यान्ड्सकबले ४८ रन बनाए । भारतका लागि कुलदीप यादवले ३ विकेट लिए भने जसप्रित बुमराह र विजय शंकरले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ४८.२ ओभरमा अलआउट हुदै २५० रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ११६ रन बनाएका थिए भने विजय शंकरले ४६ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर पिट कोमिन्सले ४ विकेट लिएका थिए भने एडम जाम्पाले २ विकेट लिएका थिए ।

५ खेलको सिरिजमा भारत २-० ले अगाडी रहेको छ । अब सिरिजको तेस्रो खेल मार्च ८ मा राँचीमा हुने छ ।

कोहलीको ४०औ एकदिवसीय शतक :

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ४०औ शतक बनाएका छन् । कोहलीले अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा ११६ रन बनाएर आउट भएका हुन् । 

हाल अस्ट्रेलियाविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा कोहलीले शतक बनाउदै आफ्नो क्यारियरको ४०औ एकदिवसीय शतक बनाएका हुन् ।

कोहलीको यो अस्ट्रेलियाविरुद्ध सातौ एकदिवसीय शतक हो । कोहलीले श्रीलंकाविरुद्ध ८, न्युजील्याण्डविरुद्ध ५, इङल्याण्ड र बंगलादेशविरुद्ध ३-३, वेस्टइन्डिजविरुद्ध ७, दक्षिण अफ्रीकाविरुद्ध ४, पाकिस्तानविरुद्ध २ र जिम्बाबेविरुद्ध एक शतक प्रहर गरेका छन् ।

कोहलीले टेस्ट क्रिकेटमा २५ शतक बनाएका छन् । यी सहित कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा कुल ६५ शतक बनेको छ ।    

      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै