• २०८१ बैशाख १८ मंगलबार

मन्त्रिमण्डल पुनर्गठन बारे छलफल हुदैछ – प्रचण्ड   

kharibot

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल थालेको बताएका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि काम र योगदानका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्न छलफल थालेको बताए । 

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको बताए । 

यस्तै उनले सीके राउतको स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिप्रति पार्टीकै केही नेताले असन्तुष्टि देखाएको भन्दै त्यसबारे पार्टीमा आएर छलफल गर्न सचेत गराए । 

उनले सरकारले गरेको सहमतिबारे बाहिर विरोध गर्दै हिँड्नुभन्दा पार्टीभित्रै छलफल गर्न सुझाव दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय