पोखरा । प्याराग्लाईडिङ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोटबाट फेवातालको सिरानमा झर्ने क्रममा मंगलबार ग्लाईडर विद्युतको तारमा अड्किन गई दुर्घटना हुँदा पाइलट चिनियाँ नागरिक ५० वर्षीय अलेस वीकरिन र सिङ्गापुरका सात वर्षीय बालक याङ गोवाङजी घाइते भएका हुन् ।
ओपन स्काई प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ दुर्घटनामा परी घाइते भएका उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ भने घटनाका विषयमा थप अनुसन्धार भई रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।