• २०८१ बैशाख १७ सोमबार

कोरियाको महिला ब्याण्डको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड  

kharibot

काठमाडौँ । दक्षिण कोरियाको एक महिला ब्याण्डको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ ।

ब्ल्याक पिंक ब्याण्डको नयाँ गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो । साथै यस गीतले गगनम स्टाइलको गीतबाट चर्चामा आएका कोरियाली पप स्टार साइको रेकर्ड समेत तोडेको छ ।

युट्युबमा रिलिज भएको २४ घण्टामा यस गीतलाई ५ करोड ६७ लाख पटक हेरिएको थियो । रिलिजको २४ घण्टामा अहिलेसम्म धेरै पटक हेरिएको अरियाना ग्रान्डेको ‘थ्याँक्यु’ को रेकर्ड तोड्दै २४ घण्टामा धेरै हेरिने गीत समेत बनेको छ ।

अहिलेसम्म यस गीतलाई १३ करोड भन्दा बढी पटक हेरिसकिएको छ । 

युट्युबमा अहिलेसम्म २४ घन्टामा धेरै हेरिने गीतमा ब्ल्याक पिंकको ‘किल दिस लव’ ५ करोड ६७ लाख, दोस्रोमा आरियाना ग्राण्डेको ‘थ्याँक्यु’ ५ करोड ५४ लाख, बिटीएसको आइडियलको ४ करोड ५९ लाख, त्यस्तै टेलर स्विफ्टको ‘लुक ह्वाट यू मेड मी’ को ४ करोड ३२ लाख रहेको छ ।

सन् २०१६ मा बनेको कोरियाको यो महिला ब्याण्डमा जिसु, जेनी, रोज र लिसा सदस्य रहेका छन् । यस ब्याण्डले सन् २०१६ मा स्क्वायर नामक एल्बम निकालेको थियो जसलाई कोरियामा निकै मन पराइएको थियो ।

यस ब्याण्डको सन् २०१८ मा पनि डु-डु-डु-डु नामक गीत दक्षिण कोरियामा युट्युबमा धेरै हेरिने गीत बनेको थियो ।

अहिले रिलिज गरिएको यस गीत ‘किल दिस लब’ लाई उनीहरुले कोरियाली र अंग्रेजी भाषामा गाएका छन् ।    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै