• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिगमा आज राति दुई खेल हुदै, मेसी र रोनाल्डो खेल्दै  

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति दुई खेल हुदै छन् ।

च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलको दोस्रो लिगका दुई खेलमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड तथा युभेन्टस र एजाक्स खेल्दै छन् । बार्सिलोना र युनाइटेड बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा र युभेन्टस र एजाक्स युभेन्टसको घरेलु मैदानमा नेपाली समय अनुसार राति १२ : ४५ बजे खेल्ने छन् ।

बार्सिलोना र म्यानचेस्टर युनाइटेड :

क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोना १–० ले विजयी भएर रक गोलको अग्रता हासिल गरेको छ । यस स्थितिमा बार्सिलोनाले जित वा कम्तिमा बराबरी खेले मात्र पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । तर युनाइटेडले भने कम्तिमा दुई गोल गरेर जितेमा सेमिफाइनलमा पुग्ने छ । 

बार्सिलोना म्यानचेस्टरविरुद्ध पुरै शक्ति लगाएर मैदानमा उत्रिदै छ । बार्सिलोनाका पछिल्लो खेल नखेलेका लियोनेल मेसी, लुइस स्वरेज, ओसमान डेम्बेले, इभान राकिटिक, सर्जियो बुस्केट्स र जोर्डी अल्बासहित का खेलाडी खेल्दै छन् ।

बार्सिलोनाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छैन । अहिलेसम्म चार खेल खेल्दा २ जित र २ बराबरीको नतिजा छ । बार्सिलोनाले सन् २००८ मा युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

यता, सेमिफाइनल प्रवेश गर्न जित्नै पर्ने दवावमा रहेको म्यानचेस्टर युनाइटेड घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडलाई सेमिफाइनलम प्रवेश गर्न बार्सिलोनाविरुद्ध निश्चित जितको आवश्यक छ ।

बार्सिलोनाविरुद्ध युनाइटेडका रोमेलु लुकाकु, पाउल पोग्वा, र मार्कस रासफोर्डजस्ता खेलाडी खेल्ने छन् ।

युभेन्टस र एजाक्स :

यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लिगमा आज राति इटालियन क्लब युभेन्टसले नेदरल्यान्डको एजाक्सको सामना गर्दैछ । 

एजाक्सको मैदानमा भएको पहिलो लिगमा १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेपनि युभेन्टसलाई अवे गोलको फाइदा रहेको छ । यही नतिजा कायम रहे युभेन्टस च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नेछ ।

प्रि–क्वाटरफाइनलमा रियल म्याड्रिडलाई पराजित गरेर सनसनी मच्चाएको एजाक्ससँग सचेत भएर मैदान उत्रने रणनिति बनाएको छ । यी दुई टोली अहिलेसम्म युरोपेली प्रतियोगितामा १० पटक आमने समाने भएका छन् । १० खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ५ बराबरी खेलको छ ।

युभेन्ट्सका लागि सबैको नजर क्रिस्टियानो रोनाल्डो माथि रहेको छ । रोनाल्डो च्याम्पियन्स लिगमा अहिलेसम्म धेरै गोल गर्ने खेलाडी हुन् तर यस सिजनमा भने केवल ५ गोल गरेका छन् । रोनाल्डोले पछिल्ला दुई खेलमा ४ गोल गरेका छन् । रोनाल्डोले एथलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गर्दै युभेन्टसलाई क्वाटरफाइनलमा पुर्याएका थिए भने क्वाटरफाइनलको पहिलो लिगमा रोनाल्डोको गोलले युभेन्टस हारबाट बचेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै