• २०८१ बैशाख १७ सोमबार

सन्दीप बिना खेलेको दिल्ली मुम्बईसँग पराजित

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्स मुम्बई इण्डियन्ससँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको हो ।

मुम्बईले दिएको १६९ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन मात्र बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन बनाए भने अक्सर पटेलले २६, पृथ्वी शाले २० र क्रिस मोरिसले ११ रन बनाएका थिए । दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । पहिलो विकेट ४९ रनमा गुमाएको दिल्लीले त्यसपछि लगातर विकेट गुमाएको थियो । कोलिन मुन्रो र कप्तान श्रेयस एयरले ३-३ रन बनाए भने रिषव पन्तले ७, कागीसो रबाड़ाले ९, अमित मिश्राले  रन बनाए भने किमो पाउल शुन्यमा आउट भएका थिए ।

मुम्बईका बलर राहुल चहरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । राहुलले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पाण्डेय, क्रुनाल पाण्डेय र लातिस मालिंगाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले हार्दिक र क्रुनालले उत्कृष्ट ब्याटिंगपछि २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

मुम्बईका लागि क्रुनाल पाण्डेयले सवार्धिक ३७ रन बनाए भने क्वेन्टन डी ककले ३५ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले तुफानी ब्याटिंग गर्दै १५ बलमा ३२ रन बनाएका थिए । मुम्बईका लागि कप्तान रोहित शर्माले ३० र सूर्यकुमार यादवले २६ रन बनाएका थिए ।

दिल्लीका बलर कागीसो रबाड़ाले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिए भने अमित मिश्रा र अक्सर पटेलले एक एक विकेट लिए । दिल्लीका बलरहरुले समयमा विकेट लिन नसक्दा स्पिनर मैत्री पिचमा पनि मुम्बईले धेरै रन बनाएको थियो ।

दिल्लीले लगातार तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेल्ने मौका दिएन । यसअघि खेलेका ४ खेलमा सन्दीपले ५ विकेट लिएका थिए ।

दिल्लीको यस सिजनमा खेलेका ९ खेलमा यो चौथो हार हो भने घरेलु मैदानमा यो तेस्रो हार हो । जितपछि मुम्बई ९ खेलमा ६ जितसहित दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली तेस्रो स्थानमा झरेको छ ।

आइपिएल अन्तर्गत आज कोलकोता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै