• २०८१ बैशाख १७ सोमबार

यू-१६ इस्टर्न रिजन प्रतियोगितामा नेपालको विजयी सुरुवात 

kharibot

काठमाडौं । थाइल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

३५-३५ ओभरको यस प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालको यू-१६ टिमले म्यान्मारलाई ७ विकेटले पराजित गरेको छ ।

म्यान्मारले दिएको ५९ रनको लक्ष्य पछाएको नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक २६ रन बनाए भने सुवाष ऐयरले ११, दीपक बोहोराले ६, प्रशान्त महतले ९ र बिशाल बिक्रम केसीले ३ रन बनाए ।

म्यान्मारका कउंग हटेट क्यावले २ विएक्त्ल इए भने जिन म्यो को कोले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको म्यानमारले १३.२ ओभरमा ५८ रन बनाउदा अलआउट भएको थियो । 

म्यानमारका लागि कउंग हटेट क्यावले सर्वाधिक १९ रन बनाए भने क्रिस्टोफरले ११ रन बनाए । म्यान्मारका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

म्यानमारका खेलाडीलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपाली बलर बिशाल बिक्रम केसीले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै रमेश कुर्मी र निखिल कुमार सिंहले एक एक विकेट लिए भने नेपालले ४ खेलाडीलाई रनआउट गरेको थियो । 

प्रतियोगितामा नेपालले अब अर्को खेल २४ अप्रिलमा मलेसियासँग खेल्ने छ । 

२० अप्रिल देखि २८ अप्रिलसम्म थाइल्याण्डको चियांगमैमा हुने यस ३५-३५ ओभरको यस प्रतियोगितामा नेपालसहित ८ देश सहभागी हुदै छन् । प्रतियोगिताको समूह ए मा नेपालसँगै मलेसिया, म्यानमार र थाइल्याण्ड छ भने समूह बीमा सिंगापुर, हङकङ, चीन र भुटान रहेका छन् ।

नेपालले २० अप्रिलमा म्यान्मारसँग, २४ अप्रिलमा मलेसियासँग, २५ अप्रिलमा थाइल्याण्डसँग खेल्ने छ ।

प्रतियोगिताको सेमिफाइनलका खेल अप्रिल २७ मा हुने छन् भने फाइनल खेल र तेस्रो स्थानका लागि हुने खेल २८ अप्रिलमा हुने छन् ।

यस अघि २०१७ मा भएको यस प्रतियोगिता नेपालले जितेको थियो । नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय