अफगानीस्तानी अदालतद्वारा घानीको कार्यकाल थप

खरीबोट

काबुल, अफगानिस्तान । अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ ।

राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि कार्यकाल थप गरिएको हो ।

नियमित तालिका अनुसार अफगानिस्तानको राष्ट्रपतीय निर्वाचन यही अप्रिल २० गते हुनुपथ्र्यो तर राजनीतिक खिचातानीका कारण अफगानिस्तानका कतिपय स्थानको निर्वाचन परिणाम घोषणा हुन नसक्दा राष्ट्रपतिको निर्वाचनको मिति दुई पटक सरिसकेको छ । सरकारले जुलाई २० मा राष्ट्रपतीय निर्वाचन सम्पन्न गर्नेगरी तय गरेको तालिका पुनः सरेर सेप्टेम्बर २८ का लागि तोकिएको छ ।

अफगानिस्तानको समाचार संस्था अरिआना न्यूजले अदालतद्वारा जारी विज्ञप्ति प्रकाशन गर्दै भनेको छ, सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल अर्को नेतृत्व चयन नहुँदासम्मका लागि थप गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “अदालतले देशको निर्वाचन आयोगले सामना गरेको आर्थिक, सुरक्षा तथा बन्दोबस्तीको चुनौतिलाई मनन गर्दै राष्ट्रपतिको कार्यकाल केही महिना थप गर्न सहमति दिएको छ ।” 
 

सम्बन्धित समाचार

अफगानिस्तानमा २८ जना लडाकू मारिए

अफगानिस्तान । फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ । “तालिवान लडाकूहरुको

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानिस्तान । अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् ।  सेनाका

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट, दुई बालबालिकाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा

राशिद खान बने अफगानिस्तानको नयाँ कप्तान

काठमाडौं । विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नैबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई नयाँ कप्तान बनाएको छ । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार अफगानिस्तानको सबै फर्म्याटका लागि राशिद खानलाई कप्तान


z