विश्वकप क्रिकेटका लागि अफगानिस्तानको १५ खेलाडीको घोषणा 

खरीबोट

काठमाडौँ । आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटका लागि अफगानिस्तानले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ । 

अफगानिस्तान क्रिकेट बोर्ड गुलबदीन नावीको कप्तानीमा १५ सदस्यीय टिमको सोमबार घोषणा गरेको हो ।

गुलबदीन नावी (कप्तान), मोहमद शाहजाद, नूर अली जर्दन, हजारतुल्लाह जजई, रहमत शाह, अस्घर अफगान, हस्मतुल्लाह शाहिदी, नाजिबुल्लाह जर्धन, समिउल्लाह शिनवारी, मोहमद नावी, राशिद खान, दवालत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब रहमान रहेका छन् ।   

अफगानिस्तानले केहि साता अघि मात्र नियमित कप्तान अस्घर अफगानलाई हटाएर गुलनबी नाबीलाई एकदिवसीय कप्तान बनाएको थियो ।

बोर्डको निर्णयको टिमका खेलाडी मोहमद नाबी र राशिद खानले सार्वजनिक रुपमै विरोध गरेका थिए । खेलाडीको विरोधपछि पनि अफगानिस्तान क्रिकेट बोर्डले गुलबदीनलाई नै विश्वकपको कप्तान बनाएको छ ।

विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जुन १ मा अस्ट्रेलियासँग विश्वकपको पहिलो खेल खेल्दै छ । 
 

सम्बन्धित समाचार

आजदेखि टी-२० विश्वकप क्रिकेटको एशिया स्तरको छनौट

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल आज देखि शुरु हुदै छ ।  नेपाली क्रिकेट टिमले मलेसियासँग दुई टी-२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गर्दै सिरिज

आज विश्वकप क्रिकेटको फाइनल : कसले जित्ला उपाधि ?

काठमाडौँ । विश्वकप क्रिकेटको आज फाइनल खेल हुदै छ । फाइनलमा यस पटक दुवै अहिलेसम्म विश्वकप नजितेका इङल्याण्ड र न्युजील्याण्ड पुगेका छन् । लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका

विश्वकप क्रिकेट जित्न नसकेका अभागी चार कप्तान !  

काठमाडौँ । विश्वकप क्रिकेटको १२औ संस्करण अहिले शुरु भएको छ । विश्वभरका क्रिकेट प्रेमिका लागि अबको डेढ महिना आआफ्नो फेभरेट टिम, खेलाडीको चर्चा गर्दै बित्ने छ । क्रिकेट खेलमा जति

आजदेखि विश्वकप क्रिकेट : १० देशले प्रतिष्पर्धा गर्दै  

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अब केहिदिनमा शुरु हुदै छ । इङल्याण्ड र वेल्समा संयुक्तरुपमा आयोजना हुने विश्वकपको यो १२औ संस्करण हो । आगामी मे ३० देखि जुलाई १४ सम्म


z