• २०८१ बैशाख १७ सोमबार

नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प 

kharibot

काठमाडौं । काठमाडौँ उपत्यकामा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । बुधबार बिहान ६ बजेर  २९ मिनेटमा भूकम्पको झट्का महसुस गरीएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । त्यस्तै नौबिसे नै केन्द्र बिन्दु भएर ६ बजेर ४० मिनेटमा ४.३ रेक्टर स्केलको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिएका छन् । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ ।  

भूकम्पले कुनै क्षति पुर्याएको बारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै