• २०८१ बैशाख ७ शुक्रबार

आठौं राष्ट्रिय खेलकुदको महिला फुटबलको उपाधि एपीएफले जित्यो  

kharibot

दाङ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि एपीएफले जितेको छ ।

बुधबार बेलुका बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा ट्राइबेकरबाट त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्णपदक हात पारेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै पक्षले गोल गर्न नसकेपछि अन्तिम नतिजा ट्राइबेकरबाट निकालिएको हो ।

ट्राइबेकरमा एपीएफले चार गोल गरेको थियो भने आर्मी तीन गोलमा सीमित भएको थियो । 

खेलमा नेपाल पुलिस क्लब तेस्रो भएको छ । बिहान बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हासिल गरेको हो । 

पहिलो हाफमा कसैले पनि गोल गर्न सकेनन् । दोस्रो हाफको २७ औं मिनेटमा प्रदेश ३ की जर्सी नम्बर ७ की मनिषा थापाले गोलको खाता खोलिन् ।

त्यसपछि ३४ औं मिनेटमा पुलिसकी जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काइन् । निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४/४ को बराबर गोल भएपछि अन्तिम नतिजा शर्ट एण्ड डेथमा निकालिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै