• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजको विश्वकप खेल्ने टिमको घोषणा, रसेलको पुनरागमन 

kharibot

काठमाडौँ । काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि वेस्टइन्डिजले १५ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि वेस्टइन्डिजले अलराउन्डर आन्द्रे रसेललाई टिममा बोलाएको छ । अन्तिम पटक २०१८ जुलाईमा रसेलले वेस्टइन्डिजका लागि एकदिवसीय खेल खेलेका थिए भने अब विश्वकप खेल्ने टीममा उनलाई बोलाइएको छ । रसेलसँगै तिब्रगतिका बलर शेलडन कोटरेल र शननोनलाई समेत टिममा राखिएको छ ।

वेस्टइन्डिजको विश्वकप खेल्ने टिम : जसन होल्डर (कप्तान) क्रिस गेल, आन्द्रे रसेल, शेलडन कोटरेल, शननोन गाब्रियल, केमर रोच, निकोलस पुरन, एशले नर्स, फाबियन एलेन, शिमरोन हेटमेयर, शाइ होप, ओशाने थोमस, कार्लोस ब्राथवेट, डारेन ब्राभो, एभिन लेविस रहेका छन् ।

विश्वकपमा वेस्टइन्डिजले आफ्नो पहिलो खेल मे ३१ मा पाकिस्तानविरुद्ध खेल्दै छ । वेस्टइन्डिजले यसअघि सन् १९७५ र १९७९ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९८३ मा फाइनलमा पराजित भएको थियो । त्यसपछि भने वेस्टइन्डिज विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै