• २०८१ बैशाख १७ सोमबार

महिलामा हुने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री बाँस्कोटा

kharibot

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।

 ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला  सङ्घ-संस्थाले पहल गर्नुपर्नेमा जोड दिए ।

 “कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने ।

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे ।

उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने विभिन्न सङ्घ÷संस्थालाई सम्मान गरिनाका साथै प्रभातफेरी र  आइसिटी प्रदर्शनीसमेत गरिएको थियो । प्रभातफेरीमा सहभागीले ‘आइसिटी हामी नारी जुटौँ देशमा विकासको मूल फुटाऊँ’, ‘आइसिटीबाट बालिकाको भविष्य सुनिश्चित गरौँ’, ‘सूचना तथा सञ्चार प्रविधिमा किशोरीको सहभागिता, डिजिटल नेपाल निर्माणमा प्रभावकारिता’ र ‘प्रविधिमा महिलाको पहुँच बराबर डिजिटल नेपालको सपना साकार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै