• २०८१ बैशाख १७ सोमबार

लोप हुदै गएको 'धरम भकारी' को प्रचलन सञ्चालनमा

kharibot

बारा । आपत विपतका लागि गाउँ घरमा राख्ने गरेको धरम भकारीको प्रचलन लोप हुँन थाले पछि बाराको एक दलित बस्तीमा पुन: यो प्रचलन सञ्चालनमा आएको छ । 

आपत विपतका बेला गाउँको गर्जो टार्ने उद्देश्यले विगत ६ वर्ष देखी मनहर्वा गाविस वडा नं.५ श्रीपुरस्थित एक दलित बस्तीका युवाहरुको सक्रियतामा यो प्रचलन पुन: सञ्चालनमा आएको  हो  । 

हामी धेरैले धरम भकारीको बारेमा सुनेका छौं । तर , धरम भकारीको सेवाको महसुस भने गर्न पाएका छैनौं होला । १९९० साल तिर पूर्खाहरुले गाउँ घरमा धरम भकारी बनाएर अन्न भण्डार गर्ने र अनिकाल , आपत बिपत परेका बेला सो भकारीको धान कर्जा वा पैंचोमा चलाउने प्रचलन थियो । 

देशमा आएको परिवतर्नसँगै धरम भकारीको प्रचलन पनि विस्तारै लोप हुँदै गयो । बुढापाकाहरुका अनुसार सो समयमा धरम भकारी  निकै लोकप्रिय थियो । त्यस्तै लोकप्रिय धरम भकारी केही वर्ष यताबाट मनहर्वामा सञ्चालनमा रहेको छ । भकारी सञ्चालनमा ल्याएर मनहर्वाका दलित समुदायले उदाहरणीय काम गरेका छन् । यसबाट समुदायलाई ठुलो राहत पुगेको उनीहरु बताउछन् । 

त्यहाँका स्थानीय २५ जना चमार जातीका दलित युवाहरुले जय माँ लक्ष्मी बचत समूहँ नैं गठन गरी प्रति परिवार वार्षिक एक मन अर्थात् ४० किलो धान संकलन गर्दै भकारी सञ्चालनमा ल्याएका हुन् ।

सवा सय मन अँट्ने चार वटा भकारीमा हाल करिब पाँच सय मन अर्थात दुई सय क्विन्टल धान रहेको समूहँका अध्यक्ष गोपी महरा चमारले जानकारी दिए । 

त्यस्तै उनीहरुले मासिक दुई सय रुपैंयाँका दरमा बचत समेत जम्मा गर्दै आएका छन् । यसरी जम्मा गरेको रकम १५ लाखको हाराहारीमा रहेको समेत अध्यक्ष चमारले सुनए । 

वार्षिक रुपमा जम्मा भएको भकारीको धान स्थानीय ५० घरधुरीका दलित परिवारले कर्जा पैंचो चलाउँने गर्दछन् । दलित बाहेक अन्य जातीका समुदायले भने भकारीको धान पाउँदैनन् । जग्गा जमीन नभएका र भएर पनी आफ्नों उत्पादनबाट वर्ष भरी खान नपुग्ने गरिब दलित परिवारले कर्जा पैंचोमा धान पाउँने गरेका छन् । 

वर्ष भरी कुनै पनी बेला अन्न चाहिएका बखत लाने र भदौ, असोजमा धान काटेर तिर्नु पर्ने हुँदा दलित परिवारलाई ठुलो राहत भएको छ । अफ् सिजनामा लगेर खाने र सिजनमा कमाएर तिर्नु पर्दा सजिलो भएको छ । 

एक मन धान माघ महिनमा पैंचो लगे पछि सोही वर्षको भदौमा सवामन ल्याएर तिर्नु पर्ने समूहँको नियम छ । सिजनमा आफ्नैं उत्पादन हुँनेले आँफ्नैं र नहुँनेले ज्यालादारीमा धान कामाएर तिर्ने गरेका छन् । 

धरम भकारी र बचत कोष गाउँ मैं सञ्चालन हुँदा दलित बस्तीको मुहार नैं फेरिएको छ । गाउँका छोराछोरीको बिवाह होस् या कसैको मृत्यू हुँदा होस् अर्कासँग अन्नका लागी हाँत थाप्नु परेको छैन । विरामी पर्दा होस् अथवा स–साना समस्या पर्दा अन्यत्रको चर्को व्याजको बाध्यता टर्दै गएको छ । 

दलितहरु आफ्नैं कोष र भकारीबाट समस्या समाधान गरिरहेका समुहका सदस्य राधेश्याम पास्वानले बताए । बिभिन्न कार्यक्रमबाट सिको गर्दै यस्तो कामको थालनी गरेको उनको भनाई रहेको छ । 

हाल सो समूहमा युवा, वयस्क , महिला र वुढापाकाहरुलाई पनी समेटेर थप प्रभावकारी समूहँ बनाईएको छ । समूहँको आम्दानीबाट पाँच लाख बराबरमा एक कठ्ठा ८ धुर जमीन खरिद भएको छ । सो जमीनमा दलित धर्मशाला र व्यवस्थीत भकारी बनाउँने तयारी भैरहेको पास्वानले जानकारी दिए । यो प्रचलन बिस्तारै गाउँ घरमा लोक प्रिय हुदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै