• २०८१ बैशाख १७ सोमबार

आगामी असारदेखि पाईपलाईनबाटै अमलेखगंज डिपोमा तेल भित्र्याइने

kharibot

बारा । मोतीहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन परियोजनाको काम अन्तिम चरण पुगेको छ । ९५ प्रतिशत काम सम्पन्न गरेको परियोजनाले आगामी असार देखि पाईपलाईनबाटै अमलेखगंज डिपोमा तेल भित्र्याउँने तयारीका साथ काम अगाडी बढाएको हो ।

परियोजनाको जम्मा पाईपलाईनको दूरी ६९ किलोमिटर रहेको छ । ३२ दशमलव २० किलोमिटर भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर नेपाली क्षेत्रमा पर्दछ । जस मध्ये भारती भुमीमा पाईप बिछ्याउँने काम सम्पन्न भईसकेको छ, भने नेपाली भुमीमा २.५ किलो मिटर मात्र बाँकी रहेको परियोजनाले जनाएको छ ।

सँगसँगै परियोजनाले भण्डारन क्षमता बृद्धिका लागि बाराको अमलेखगंज डिपो भित्र रहेका चार वटा पुराना टंकी मध्ये तीन वटाको मरर्मत गरी तयारी अवस्थामा राखिसकेको छ, भने एउटाको मरमत भईरहेको छ । तेल भण्डारण गर्न थप ६÷७ वटा भर्टिकल ट्यांक बढाउँने योजना नेपाल आयल निगमले बनाएको छ ।

नेपाल आयल निगमका क्षेत्रीय प्रमुख ईन्जिनियर प्रदिप कुमार यादवका अनुसार भण्डारण क्षमता , पाईपको अवस्था र केवलहरुको परिक्षण पश्चात् दुबै देशका सरोकारवालाहरुले तय गरे पछि तेल सञ्चालनमा आउँछ अब भने पाईप बिछ्याई सके पछि बाँकी काम विलम्ब हुँदैन ।

अहिले दैनिक तीन सय ट्यांकर भारतको रक्सौल स्थित ईन्डियन आयलको डिपोबाट ईन्धन भर्छन्, जस बापत निगमले ढुवानी भाडा मात्रै करिब वार्षिक दुई अर्ब दिने गरेको जनाएको छ 

पाईपलाईन सञ्चालनमा आए पछि वार्षिक दुई अर्ब रुपैयाँ आयल निगमको बचत हुँन्छ भने रक्सौल अमलेखगंज गुड्ने ट्यांकरबाट हुँने प्रदुषण र ट्राफिक व्यास्थापनमा समेत सहजता आउँने नेपाल आयल निगमका अमलेखगंज डिपोका प्रमुख ई.प्रदिप कुमार यादवले बताए ।

भारतबाट नेपालको अमलेखगंज स्थित तेल भण्डारण केन्द्र सम्म सिधा पेट्रोलियम पदार्थ ल्याउँदा विभिन्न समयमा हुने बन्द हड्ताल र बाटोको अन्य व्यवधानबाट हुने असर नपर्ने परियोजनाको पनि तर्क छ ।

अमलेखगंज डिपोमा भण्डारण प्रणली पूर्ण कम्पयुटराईजद्वारा स्वचालीत हुने सो काम भारतीय ईन्जिनियर र प्राविधिक टोलीले गरी रहेको र यहि महिनामा सम्पन्न हुने जनाईएको छ ।

गत वर्ष बैशाख ६ गतेबाट नेपाल तर्फ पाईप गाड्ने कार्य थालिएको थियो । राष्ट्रिय योजना र परियोजनाका काम यो पाईप लाईनले गरे जस्तै समय अवधी भित्र काम हुने हो, भने नेपाल सरकारले चाहेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुने देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै