• २०८१ बैशाख १८ मंगलबार

सिमरा विमानस्थलमा अत्याधुनिक एक्सरे मेशिन जडान

kharibot

तस्बिर : श्याम गुप्ता

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित सिमरा विमानस्थलमा मंगलवार एक्सरे मेशिन जडान गरिएको छ । 

सिमराको सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले सिमरा विमानस्थलमा अत्याधुनिक प्रविधिको यात्रुको सामान चेक जाँच गर्ने एक्सरे मेसिनको स्थापन गरेको हो ।

मेशिनको औपचारिक उद्घाटन गर्दै बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले बारा लगायत छिमेकी जिल्लाहरु र भारतीय यात्रुहरुको बढी आवागमन हुँने यस विमानस्थलमा प्रविधियुक्त एक्सरे मेशिन जडानले हवाई सुरक्षामा महत्वपूर्ण उपलव्धी भएको बताए । 

उनले सिमरा बिमानस्थल पछिल्लो समय बारा सहिँत पाँच जिल्लाहरुको र भारतीय नागरिकका लागी राजधानी पुग्ने सजिलो गन्तव्यका रुपमा रहेको बताउँदै नागरिक सेवामा थप बिकास र बिस्तार गरिरहेको बताए । 

त्यस्तै बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले सिमरा बिमानस्थलले पछिल्लो समय यात्रुहरुलाई थप सुविधामा बिस्तार गरिरहेको बताए । 

भारतबाट आउँने पर्यटकहरु काठमाडौँ जान स्थल मार्गमा विभिन्न कठिनाई बेहोर्नु पर्ने हुँदा हवाई मार्गका लागि सिमरा विमानस्थल प्रयोग गर्न थाले पछि बिमानस्थलमा यात्रुको चाप दैनीक बढ्दै गएको छ । पछिल्लो समय भारतीय यात्रुले सिमरा विमानस्थलको प्रयोग बढी गर्ने गरेका छन् । 

अब सो मेशिन जडानले यात्रुका सामान खोलखाल नगरी सजिलै परिक्षण गर्न सकिने र जाँचमा चुस्त दुरुस्त हुँने भएको छ ।

विमानस्थल प्रमुख हिराजन काफ्लेले पछिल्लो समय यस विमानस्थललाई थप व्यवस्थित गर्दै लगिएको बताए । अहिले सिमराबाट राजधानीका लागी रात्री उडान समेत गर्ने गरिएको भन्दै बुद्ध एयर बाहेक अन्य निजि बिमान कम्पनीहरुले भने सिमरामा उडान भर्न समस्या देखाईरहेको गुनाँसो गरे ।

अहिले सिमरा विमानस्थलले बुद्ध एयरका साना ठुला गरी ६ देखी ९ वटा सम्म उडान भर्ने गरेको प्रमुख काफ्लेले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय