अफगान कारागारमा तनाब, चार जनाको मृत्यु

खरीबोट

अफगानिस्तान । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो ।

महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ ।

सम्बन्धित समाचार

अफगानिस्तानमा प्रहरी कारबाहीमा ६ आतङ्ककारी मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तर प्रान्त कुन्दुजमा सुरक्षा अधिकारीहरुले गएराति गरेको सुरक्षा कारबाहीमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य चार जना घाइते भएका एक स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । कुन्दुज

उत्तरी अफगानिस्तानमा कारबाही, ६ तालिबानको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा

अफगानिस्तानमा दोहोरो भिडन्तमा १२ तालिबानी र ३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्  । सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ

अफगानिस्तानमा महिला पत्रकारको हत्या

अफगानिस्तान । अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मङ्गलको हत्या भएको छ । उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस


z