• २०८१ बैशाख १७ सोमबार

होन्डुरसमा बिमान दुर्घटना, पाँच जनाको मृत्यु

kharibot

होन्डुरस । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् ।

उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै