• २०८१ बैशाख १५ शनिबार

इङल्याण्डद्वारा पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप

kharibot

काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।

आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा इङल्याण्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेपछि सिरिज ४-० ले जितेको हो । सिरिजको पहिलो खेल बर्षाले रद्ध भएको थियो ।

इङल्याण्डले दिएको ३५२ रनको लक्ष्य पछाएको पाकिस्तानले ४६.५ ओभरमा २९७ रन बनाउदा अलआउट भएको थियो । पाकिस्तानका लागि कप्तान शर्फराज अहमदले ९७ र बबर आजमले ८० रनको उत्कृष्ट पारी खेले पनि जित भने दिलाउन सकेनन । पाकिस्तानका लागि इमाद वाशिमले २५, मोहमद हस्नैनले २८, असिफ अलीले २२ रनको योगदान गरेका थिए ।

इङल्याण्डका बलर क्रिस वोक्सले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित ५४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै आदील रशिदले २ र डेबिड विलीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३५१ रन बनाएको थियो ।

इङल्याण्डका लागि जोय रुटले सर्वाधिक ८४ रन बनाए । त्यस्तै कप्तान इयोन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स भिन्चले ३३, जोनी बैरस्ट्रवले ३२ र टम कुरानले २९ रन बनाएका थिए ।

पाकिस्तानका बलर शाहीन शाह अफ्रिदीले ४ विकेट लिए भने इमाद वाशिमले ३ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका क्रिस वोक्स बने भने प्लेयर अफ द सिरिज इङल्याण्ड कै जासन रोय बने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय