• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानमाथि आयरल्याण्डको फराकिलो जित 

kharibot

काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेको अफगानिस्तानको क्रिकेट टिम पहिलो एकदिवसीय खेलमा पराजित भएको छ ।

आइतबार सम्पन्न खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ७२ रनले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २११ रनको लक्ष्य पछाएको अफगानिस्तानले ३५.४ ओभरमा १३८ रन बनाउदा अलआउट भएको थियो । अफगानिस्तानका लागि असगर अफगानले सर्वाधिक

२९ रन बनाए भने मोहमद नावीले २७, कप्तान गुलबदीन नैबले २०, राशिद खानले १६ रन बनाए ।

आयरल्याण्डका बलरले उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानमाथि जित हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

आयरल्याण्डका लागि मार्क अडैरले सर्वाधिक ४ विकेट लिए भने बोयड रानकिनले ३ तथा टिम मुर्तघले २ विकेट लिए । त्यस्तै केबिन ओ ब्रायनले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले ४८.५ ओभरमा अलआउट हुदै २१० रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर स्टिरलिंगले सर्वाधिक ७१ रन बनाएका थिए । त्यस्तै कप्तान विलियम पोर्टरफिल्डले ५३ रन बनाए भने केविन ओ ब्रयानले ३२ रन बनाएका थिए ।

अफगानिस्तानका बलर दवालत जडरान र अफताब आलमले ३-३ विकेट लिए भने राशिद खानले २ तथा गुलबदीन नैबले एक विकेट लिए ।

दुई एकदिवसीय खेलको सिरिजमा आयरल्याण्ड १-० ले अगाडी रहेको छ । सिरिजको दोस्रो खेल मंगलबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै