• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैंकले आज १६ अर्ब ८९ करोडको ट्रेजरी बिक्री गर्दे 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १६ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने लागेको छ ।

राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा बिक्री गर्ने गरी उक्त परिमाणको ट्रेजरी निष्काशन गर्न लागिएको हो । 

जेठ सात गते जारी मिती तोकिएको ट्रेजरी खरिदको आज अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच सय करोड, एक सय ८२ दिने अवधिको सात सय करोड र तीन सय ६४ दिने अवधिको चार सय ८९ करोड रुपैयाँ रहेको छ ।

जसअनुसार २८ दिने अवधिको परिपक्व हुने मिती बिसं २०७६ भदौ तीन गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७६ मंसिर तीन गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ साल जेठ छ गते तोकिएको छ ।  

राष्ट्र बैंकले यसअघि यही बैशाख ३० गते पनि राष्ट्र बैंकले १६ अर्ब ५३ करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको थियो । सो मध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय