• २०८१ बैशाख १४ शुक्रबार

आर्चरसहित तीन खेलाडी इङल्याण्डको विश्वकप खेल्ने टिममा

kharibot

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप २०१९ को आयोजक देश इङल्याण्डले आफ्नो विश्वकप खेल्ने टिममा तीन परिवर्तन गरेको छ । 

गत बैशाख ४ गते सार्वजनिक गरिएको १५ सदस्यीय टिममा आयोजक इङल्याण्डले तीन परिवर्तन गरेको हो  ।

इङल्याण्ड पछिल्लो समय राम्रो प्रदर्स्जं गरिरहेका जोफ्रा आर्चरलाई टिममा समावेश गरेको छ । त्यस्तै विष्फोटक ब्याट्सम्यान जेम्स भिन्सले पनि विश्वकप खेल्ने टिममा ठाउ बनाउन सफल भएका छन् । त्यस्तै अल राउण्डर लिआम डावसन पनि विश्वकप खेल्ने टिममा समावेश गरिएको छ ।

यस अघि विश्वकप खेल्ने टिममा छनौट भएका एलेक्स हेल्स लागु औषध सेवनको आरोपमा प्रतिबन्धमा परेपछि उनि विश्वकपको टिमबाट बाहिरिएका छन् भने डेभिड विली र जोय डेनली पनि विश्वकप खेल्ने टिमबाट बाहिरिएका छन् ।             
इङल्याण्डको विश्वकप खेल्ने टिममा कप्तान इयोन मोर्गन रहेका छन् ।

इङल्याण्डको टिम : इयान मोर्गन (कप्तान), लियाम प्लङकेट, जोफ्रा आर्चर, मार्क उड, क्रिस वोक्स, टम कुरान, बेन स्टोक, एदिल रसिद, मोइन अली, जेम्स भिन्स, जोस बटलर, जोनी बेर्स्टोव, जोए रुट, ज्यासन रोए र लियाम डावसन रहेका छन् ।

यसअघि इङल्याण्डका छनौटकर्ताले १५ सदस्यीय टोली घोषणा गरेपनि यसलाई प्रारम्भिक टोली भनेको छ र आगामी मे १९ मा पाकिस्तान विरुद्धको पाँच एकदिवसीय सिरिज सकिएपछि अन्तिम टोलीको टुङगो लगाउन सकिने जनाएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै