• २०८१ बैशाख २६ बुधबार

ओलिभर जिराउडले गरे चेल्सीमा अर्को एक बर्षको सम्झौता 

kharibot

काठमाडौँ । फ्रान्सका स्ट्राइकर ओलिभर जिराउडले एक बर्ष चेल्सीमै बस्ने निर्णयगरी नयाँ सम्झौता गरेका छन् ।

चेल्सीले खेलाडी ट्रान्सफरको प्रतिबन्ध झेलिरहेका बेला जिराउडले चेल्सीसँग एक बर्षे नयाँ सम्झौता गरेका हुन् ।

अघिल्लो सिजनको शुरुमा आर्सनलबाट चेल्सी आएका जिराउडले चेल्सीमा यस सिजनमा औसत प्रदर्शन गरेका छन् । जिराउडले यस सिजनमा युरोपा लिगमा चेल्सीका लागि १० गोल गरेका छन् भने यस सिजनमा कुल ४४ खेलमा १२ गोल गरेका छन् ।      

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हुगैनले चेल्सी छोड्ने भएपछि चेल्सीले जिराउडलाई एक बर्षका लागि साइन गरेको बताइएको छ ।

चेल्सीले आफ्ना प्रमुख स्ट्राइकर इडेन हाजार्डलाई पनि रोक्न असफल हुने देखिएको छ । हाजार्ड स्पेनिस कल्ब रियल म्याड्रिडमा जाने लगभग तय भएको भनिएको छ । हजार्ड र हुगैनले चेल्सी छोडेपछि जिराउडले आउदो सिजन चेल्सीको प्रमुख खेलाडीको मोर्चा सम्हाल्ने देखिएको छ ।

साथै लोनमा गएका चेल्सीका मिची बटशुयानी, अल्भारो मोराटा र टाम्मी अब्राहम पनि चेल्सीमा फर्किने भएका छन् ।                                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै