• २०८१ बैशाख १७ सोमबार

बलात्कार आरोपमा पक्राउ

kharibot

राजापुर । बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।

छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यही जेठ ८ गते आफ्नै घरमा कोही नभएको मौका पारी पालैपालो बलात्कार गरेको आरोप बालिकाहरुले लगाएका छन् । केही दिनदेखि बालिकाको अस्वभाविक शारीरिक समस्या देखा परेपछि बलात्कार पछि परिवारले सोधपुछ गर्दा घटना बाहिरिएको हो । 

जिल्ला प्रहरी कार्यालयमा बलात्कार गरेको आरोपमा आफन्तले आज उजुरी दिएका हुन् । प्रहरीका अनुसार उजुरीका आधारमा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै