• २०८१ बैशाख १७ सोमबार

भन्सार एजेन्टका सहयोगी घुस रकमसहित पक्राउ  

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

जिल्ला कैलाली, भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगी राम बहादुर साउदले भारतबाट सामान ल्याउने नेपाली ब्यपारीको पूर्ण भन्सार महसुल काटी सोको रसिद उपलब्ध गराई सकेपछि पनि भन्सार छुट गराई दिएको भनी सेवाग्राहीसँग १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । 

साउदलाई घुस रकमसहित टीकापुर भन्सार कार्यालय खक्रौलाबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै