अफगानिस्तानमा २४ घण्टामा २९ तालिबान लडाकु मारिए

खरीबोट
ad

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ ।

अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

सम्बन्धित समाचार

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

अफगानिस्तान । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन

अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्य, ओपनर रियाज हसनले खेले शतकीय पारी

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा अफगानिस्तानले नेपाललाई २४५  रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानको युवा टिमले ५० ओभरमा ८

अफगानिस्तानले टस जित्यो,नेपालले पहिला बलिङ गर्दै   

काठमाडौँ। भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको लागि प्लेअफमा आज अफगानिस्तानको सामना गर्दै छ। आजको खेलमा अफगानिस्तानले टस