काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।
नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।
माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अब माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने घोषणा गरेका छन् ।