काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।
यससँगै अहिलेको संसदबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।
दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले यसअघिकै अडान राखेपछि सहमति हुन् सकेन ।
सभामुख ओनसरी घर्तिको पहलमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरेकी थिइन् ।
हाल अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याए पनि एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताउदै विरोध गरेका छन् ।
विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन विहिबार सभामुखको ध्यानाकर्षण गराएका थिए ।