काठमाडौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबिच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन समारोहहरुमा प्रमुख अतिथि लगायत पत्रकार महासंघका पदाधिकारी, सिभिल बैंक प्रदेशका प्रदेश प्रमुखहरु सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
लाहान र दुधे शाखासहित सिभिल बैंकको कुल शाखा संख्या ७९ पुगेको पनि बैंकले जनाएको छ ।