अफगानिस्तानमा सेनाकै हवाई आक्रमणमा परी पाँच सैनिक मारिए

खरीबोट

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमाम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा  अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

अफगानिस्तानमा हवाई आक्रमणमा एघार लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार

अफगानिस्तानमा सेनाकै हवाई आक्रमणमा परी पाँच सैनिक मारिए

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् । जिल्लाका गभर्नर महबोउल्ला सायेदीले

अफगानिस्तानमाथि न्युजील्याण्डको सहज जित 

काठमाडौँ । जारी विश्वकप क्रिकेट अन्तर्गत न्यूजील्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछाएको

अफगानिस्तान १७२ रनमा अलआउट 

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले न्यूजील्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको हो । अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले


z