भारतको विहारमा इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

खरीबोट

विहार । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ ।

“श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा. सुनिल कुमार सिंहले एएनआईसँग भने । 

मुजफ्फरपुरको केजरीवाल हस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

विहारका मुख्य मन्त्री नितिशकुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरेका छन् । 

उनले इन्सेफ्लाईटिसबाट मृत्यु भएकाको परिवारलाई चार लाख रुपैँया दिने घोषणा पनि गरेका छन् ।

उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन् । 

टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन् । 

सम्बन्धित समाचार

इन्सेफ्लाईटिसका कारण विहारमा मृत्यु हुनेको संख्या १६१ पुग्यो

नयाँ दिल्ली । भारतको विहार प्रदेशमा फैलिएको इन्सेफ्लाईटिस रोगका कारण मृत्यु हुनेहरुको संख्या १६१ पुगेको छ । राज्यद्धारा सञ्चालित रेडियो अल इन्डिया रेडियोले शुक्रबारसम्म मृत्यु हुनेको संख्या १६१ पुगेको जनाएको छ

भारतको विहारमा इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

विहार । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख


z