काठमाडौँ । कोपा अमेरिका अन्तर्गत उरुग्वेलाई जापानले बराबरीमा रोकेको छ ।
शुक्रबार बिहान भएको खेलमा उरुग्वे र जापान २-२ गोलको बराबरी खेल्दै एक एक अंक बाडेका छन् ।
उरुग्वेका लागि लुइस स्वरेजले पेनाल्टीबाट एक गोल गरे भने अर्को गोल जोसे गिमेनेजले गरेका थिए त्यस्तै जापानका लागि दुवै गोल कोजी मियोशीले गरेका थिए ।
जापानले खेलको ७३ मिनेटमा गोल गरेको भएपनि रेफ्रीले गोल नदिदा उरुग्वेमाथि अग्रता बनाउने मौका गुमाएको थियो ।
यो बराबरीपछि समुह सी मा उरुग्वेको दुई खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा पुगेको छ भने जापानको २ खेलमा एक अंक भएको छ ।
कोपा अमेरिका अन्तर्गत अर्को खेल शनिबार चिली र इक्वेडरबीच हुदै छ ।