• २०८१ बैशाख १७ सोमबार

बर्डफ्लुबाट नोक्सानी बेहोरेका कृषकलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

kharibot

फाइल तस्बीर

हेटौँडा । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ ।

पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही असार ९ गते हेटौँडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत रु चार करोड ४२ लाख उपलब्ध गराइने भएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नं. ६, ७, ८, १४, १५, १६ र १७ मा गरी ५४ कृषकका फर्ममा गत फागुनको पहिलो सातादेखि बर्डफ्लुको प्रकोप देखिएपछि प्रशासनले कुखुरा नष्ट गर्ने अभियान शुरु गरेको थियो । सो अभियानअन्तर्गत प्रशासनले विभिन्न समयमा ६६ हजार ५४६ कुखुरा नष्ट गरेको थियो ।

कृषकहरुको कुखुरा नष्ट गर्दा प्रत्येक कुखुराबापत रु नौ सय चार माग गरे पनि पशु सेवा विभागले भने रु ६७५ अर्थात् ७५ प्रतिशत रकम उपलब्ध गराएको छ । सो रकम प्रकृति जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालय हेटौँडाबाट वितरण गरिने कार्यालय प्रमुख सानुकाजी पछाईले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै