• २०८१ बैशाख २१ शुक्रबार

भिडियो च्यालेन्जमा 'मेरो गाउँ मेरो ठाउँ' को सहि प्रतिनिधित्व

kharibot

काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित 'टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड' को मनोनयन सार्वजनिक भएसँगै सहभागी भिडियो बारे कौतुहलता बढ्नु स्वाभाविकै हो ।
यसै क्रममा आयोजक वि विल राइज फाउन्डेसनले सहभागी केहि भिडियोहरु मिडियाकर्मीलाई देखाएको छ ।

सहभागी १३२ मध्ये केहि भिडियो हेर्दा 'मेरो गाउँ मेरो ठाउँ' को सहि प्रतिनिधित्व भएको देखिन्थ्यो । सहभागी भिडियोमा ओझेलमा परेको इलामको सेतीदेवी मन्दिरदेखी पर्यटकको नजरमा पर्न नसकेको सल्यानको कुपिन्डे ताल, तनहुँको मनुङकोटको रमणीय दृश्यले साच्चै हाम्रो देशमा कति घुम्नु पर्ने र पुग्नु पर्ने ठाउ रहेछन् भन्ने आभास गरायो ।

त्यस्तै सोलुखुम्बुको दुधकुण्डको मनोरम दृश्यदेखि उदयपुरको प्राकृतिक ताजमहल, भक्तपुरको जुजु धौदेखि लमजुङको छैलुङको भेष भुषा र परम्परागत संस्कृति समेटियोको भिडियोले देशको विविधता र हामि कति धेरै संस्कृतिका धनि रहेछौ भन्ने स्मरण गरायो ।

त्यस्तै लमजुङको राइनासको होमस्टेले देखाएको सम्भावना र काठमाडौँ उपत्यकाको जात्रा संस्कृतिको छोटो भिडियोले देखाएको हाम्रो संस्कृतिक सम्पतिको उदाहरण यस प्रतियोगिताका साच्चै नै हाइलाइट हुने छन् ।

 


'टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड' को मनोनयन सार्वजनिक


करिब एक दर्जन भिडियो हेर्दा सामान्य मोबाइलले खिचेर भाग लिएकादेखि अत्याधुनिक क्यामरा तथा ड्रोन क्यामराको प्रयोग गरेर खिचेका भिडियोसम्मको सहभागिताले आफ्नो ठाउको पहिचान दिलाउन सक्रिय युवाहरुको कमि छैन भन्ने प्रमाण पनि देखियो ।

समग्रमा प्रतियोगिता भएकाले पहिलो दोस्रो छुट्याउनु पर्ने बाध्यता त आयोजकलाई हुन्छ नै तर यस अभियानमा सहभागी सबै १३२ भिडियो व्यक्ति कै मात्र नभएर देशका, देशको पर्यटन क्षेत्रकै महत्वपूर्ण सम्पत्ति हुने कुरामा दुई मत देखिदैन ।

आगामी अषाढ १६ गते काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा अवार्ड वितरण कार्यक्रम आयोजनाको तयारी गरिरहेका यस अभियानका संयोजक निर्मल श्रेष्ठ पनि यसलाई देशकै सम्पत्ति बनाउनु पर्ने र सबै प्राप्त भिडियोलाई ति ठाउ, संस्कृति र विषयको प्रचारको माध्यम बनाउनु पर्नेमा जोड दिन्छन् ।
                                                                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै